कठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज (शनिबार) बस्ने भनिएको स्थायी समिति बैठक फेरि स्थगित भएको छ । सहमति जुट्न नसकेको नेताहरुले बताइरहेको बेला शनिबारका लागि तय भएको बैठक असार २२ गते सोमबारसम्मका लागि स्थगित भएको हो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गम्भीर छलफल गर्नुपर्ने भन्दै थप समय माग गरेपछि बैठक स्थगित गरिएको हो । प्रधानमन्त्री ओलीले गत आइतबार दिएको विवादास्पद अभिव्यक्तिका कारण नेकपाभित्र विवाद उग्र बनेको छ ।




प्रतिक्रिया