नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक केहिबेरअघि बालुवाटारमा सुरु भएको छ । बैठकअघि नेताहरु आन्तरिक छलफलमा जुटेका थिए भने प्रधानमन्त्री र राष्ट्रपतिबीच समेत भेटवार्ता भएको थियो ।

यसअघिको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले कोरोनापछिको प्रधानमन्त्री बामदेव गौतमलाई बनाउने र तेस्रो अध्यक्ष माधव कुमार नेपाललाई बनाउने प्रस्ताव गरेका थिए । बुधबारको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले गौतमलाई नयाँ प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेका थिए ।

आजको बैठकले गौतमको भविष्य के हुने भन्ने विषय निर्धारण गर्नेछ । योसहित पार्टी्भित्रका विवाद समाधानका विषयमा गम्भीर छलफल बैठकमा हुने बुझिएको छ ।