नेकपा स्थायी कमिटी बैठक : पार्टी र सरकारलाई प्रभावकारी बनाउन सुझाव


काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा नेताले पार्टी र सरकारको काम प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार बसेको बैठकमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावप्रति आफ्नो धारणा राख्दै नेताले पार्टी र सरकार सञ्चालन सम्बन्धमा असन्तुष्टि व्यक्त गर्दै नेतृत्वको आलोचना गरेका छन् ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीका ४५ सदस्यमध्ये ३७ जनाले आफ्नो धारणा राखिसकेका छन् । राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएनुसार पार्टीलाई व्यवस्थित गर्ने, संगठनलाई अझ सुदृढीकरण गर्ने, विचार र आचरण सुधार गर्नुपर्ने, पार्टीको आगामी कार्ययोजनालाई मूर्त बनाई कार्यान्वयन गर्नुपर्ने, सरकारको कामलाई प्रभावकारी बनाउनुपर्ने लगायतका विषयमा कुरा उठेको छ । याे समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement