नेकपाको सचिवालय बैठक सकियो, पार्टी सञ्चालन गर्न सहज

नेकपाको सचिवालय बैठक सकियो, पार्टी सञ्चालन गर्न सहज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा सचिवालयको बैठकले पार्टीको नियमावली पारित गरेको छ। बुधबार बिहान बसेको बैठकले नियमावली पारित भएसँगै पार्टी सञ्चालनका लागि सहज हुनेछ ।

’विधान र नियमावली टुंगो लाग्यो’, प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ’अब अर्को बैठक बसेर त्यसको आधारमा पार्टीको सांगठनिक एकीकरणको प्रक्रिया अगाडि बढाउन आवधिक योजनाको निर्णय गरिन्छ।’

अब दिन तोकेर प्रदेश कमिटी, जनवादी संगठन, जिल्ला कमिटी एकीकरण गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए। नेताहरु रामबहादुर थापा, बामदेव गौतम तथा विष्णु पौडेल रहेको कार्यदलले नियमावली तयार पारेको थियो।असार २३ गते बालुवाटारमा बसेको सचिवालयको बैठकले पार्टीको स्थायी समिति बैठकले दिएको सुझावको आधारमा परिमार्जनसहित नियमावलीलाई अन्तिम रुप दिन कार्यदल गठन गरेको थियो।