नेकपाभित्रै सार्वजनिक जग्गा हडप्ने प्रवृत्ति बढ्यो : मन्त्री पोखरेल


काठमाडौं – कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रै सार्वजनिक जग्गा हडप्ने प्रवृत्ति बढेको बताएका छन् ।

शनिबार काठमाडौँ महानगरपालिका वडा नम्बर ४ मा प्रदेशसरकारद्वारा निर्माण गरिएको पार्कको उद्घाटन गर्दै पोखरेलले मुलुकभर नै सार्वजनिक जग्ग हडप्ने प्रवृत्ति देखिएको र पाटीभित्र पनि त्यो प्रवृत्ति देखाएको बताएका हुन्।

नेकपाका सचिावलय सदस्यसमेत रहेका पोखरेलले पार्टीभित्र सार्वजनिक जग्गा हड्प्न खोज्ने व्यक्ति रहेको बताए पनि उनीहरु को हुन भन्ने बारेमा केही खुलाएनन्।‘अहिले हाम्रो अगाडि सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने भन्ने चुनौती छ’, पोखरेलले भने, ‘म तोकेर भन्न चाहन्नँ, हामी भित्रै समस्या छन् । सार्वजनिक सम्पत्ति व्यक्तिले लिन पाए, कब्जा गर्न पाए, उपभोग गर्न पाए, मजा मान्ने चिन्तन र प्रवृत्तिहरु छन्।’

उनले यस्तो प्रवृत्ति गलत भएको भन्दै सार्वजनिक सम्पत्तिको संरक्षाका लागि यसकाविरुद्ध एकजुट भएर लाग्नु पर्ने बताए। उनले सार्वजनिक सम्पत्तिको सुरक्षा नै मुख्य चुनौतिको विषय बनेको बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement