नेकपा सचिवालयको बैठक बालुवाटारमा सुरु

नेकपा सचिवालयको बैठक बालुवाटारमा सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्यु्निस्ट पार्टी (नेकपा)को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। पार्टी एकताका बाँकी काम टुंग्याउनका लागि बैठक बस्न लागेको हो। शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री निवासमा बैठक सुरु भएको छ । यसअघि बिहीबार डाकिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि रोकिएको थियो।

आजको बैठकले विभागको नेतृत्वका बारेमा टुंगो लगाउने छ । विभागको विषयलाई लिएर पूर्व एमालेमा विवाद रहँदै आएको छ। महिला, मजदुर र युवा विभागको नेतृत्वमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरेका नाममा माधव नेपालले फरक मत राख्दै आएका छन्।

त्यस्तै लामो समयदेखि सहमति हुन नसकेको स्कुल विभागमा पनि विवाद कायमै छ। स्कूल विभागमा रक्षामन्त्री समेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेल र प्रवक्ता नारायणकाजी श्रेष्ठको दाबी छ ।