नेकपाको सचिवालय बैठक आज बस्दै


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी स्कुल विभागको नेतृत्वका विषयमा आन्तरिक विवाद मिल्न नसक्दा स्थगित भएको सचिवालय बैठक आज बुधबार बस्दैछ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बोलाइएको छ।  यसअघि पटक-पटक सचिवालय बैठक स्थगित हुँदै आएको थियो। नेकपाभित्र स्कुल विभागको विषयमा विवाद कायम छ। साउन १३ गते बसेको बैठकमा विशेष कमिटी र सम्पर्क समिति बनाउने विषयमा छलफल भएपनि तयारी नपुगेको भन्दै टुंगो लागेको थिएन।

त्यसपश्चात दुबै अध्यक्ष विदेश गएका थिए। बैठकमा विभागीय जिम्मेवारी दिनुअघि नेताहरूसँग रुचि बुझ्ने जिम्मा नेकपा सचिवालयले महासचिव विष्णु पौडेललाई दिएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement