नेकपा एसकी समानुपातिक उम्मेदवार रावल एमालेमा प्रवेश

नेकपा एसकी समानुपातिक उम्मेदवार रावल एमालेमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य रीता रावल नेकपा (एमाले) मा प्रवेश गरेकी छन् ।

समानुपातिकतर्फकी प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेकी नेतृ रावललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार साँझ बालकोटमा अवीर र खादा लगाई पार्टीमा स्वागत गरेका हुन् । नेतृ रावल संविधान सभाकी सदस्य हुन् ।

नेकपा एसको अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव समेत रहेकी नेतृ रावलले एक अर्कासँग विचार नमिल्ने अपवित्र सत्ताधारी गठबन्धनबाट देश दुर्घटनामा पर्ने देखेर आफू पुरानै घरमा फर्किएको बताइन् । उनले नेकपा एकीकृत समाजवादीको पनि भविष्य नरहेको  बताइन् ।

देशको भविष्य निर्माण गर्ने पार्टी एमाले मात्र भएको र विगतमा लामो समय आफ्नो योगदान पनि यसै पार्टीमा रहेकाले पुनः एमालेमै फर्किएको रावलले बताइन् । उनीसँगै समाजवादी प्रेस संगठन जाजरकोटका सचिव अर्पण रावल पनि एमालेमा फर्किएका छन् ।