काठमाण्डु – राष्ट्रियसभा सदस्यका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले पनि उम्मेदवारी दिएको छ ।
आगामी जेठ ६ गतेको राष्ट्रियसभाको उपनिर्वाचनमा नेमकिपाका नेता कृष्णबहादुर तामाङले उम्मेद्वारी दिएका हुन् ।
उनले हेटौंडास्थित निर्वाचन अधिकृत कार्यालय पुगेर मनोनयन दर्ता गरेका छन् । तामाङको प्रस्तावकमा नेमकिपाका प्रदेश सांसद सुरेन्द्रराज गोसाईँ र प्रदेश सांसद सिर्जना सैंजु समर्थक रहेका छन् ।
उपनिर्वाचनमा नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत गठबन्धनबाट डा. खिमलाल देवकोटाले उम्मेदवारी दिएका छन् । बादल र देवकोटा दुवै एमालेका नेता हुन् ।
देवकोटालाई माधव नेपाल समूहले सहयोग गरेको छ । एमालेका नेता भएपनि देवकोटाले माअोवादी केन्द्रको चुनाव चिह्नबाट उपनिर्वाचनमा भाग लिनेछन् ।




प्रतिक्रिया