छोराहरू आएपछि नेम्वाङको पार्थिव शरिर घर लगियो, भोलि आर्यघाटमा दाहसंस्कार गरिने


काठमाण्डु- नेकपा एमालेका उपाध्यक्ष तथा संविधासभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई घर लगिएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिनभरि र बुधबार विहान ९ देखि १ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिएको नेम्वाङको शव बुधबार दिउँसो बालुवाटारस्थित निवासमा लगिएको हो ।

दुवैजना छोराहरु अस्ट्रेलिया र बेलायतबाट आइसकेपछि बिहीबार अन्तिम संस्कार गर्न लागिएको हो। दुवै छोराले बुवाको पार्थिव शरीरमा च्यासलमै अन्तिम श्रद्धाञ्जली दिएका छन्।

पार्थिव शरीरलाई घरमा लगेपछि किरात संस्कृति अनुसार गर्नुपर्ने कार्य गरिए पछि भोली बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने एमाले उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement