राजकीय सम्मानकासाथ पशुपति आर्यघाटमा नेम्वाङको अन्तिम बिदाइ


काठमाण्डु- संविधान सभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानकासाथ अन्त्येष्टि गरिएको छ । बिहीबार राजकीय सम्मानकासाथ उनको अन्त्येष्टि पशुपति आर्यघाटमा गरिएको हो ।

यसअघि आज बिहान नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा निकालेको थियो । शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुर्‍याइएको थियो । उनको अन्तिम बिदाइको लागि ठूलो संख्यामा शुभेच्छुकहरू पशुपतिमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement