सेनामा यी हुन रथी दुई दावेदार


काठमाण्डु– नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आईतबार ४२ वर्ष लामो सैनिक जिवनबाट बिदा भएका छन् । सरकारले सेनाको प्रधानसेनापतिमा प्रभुराम शर्मालाई नियुक्त गर्ने निर्णय गरिसकेको छ । यही भदौ २४ गतेबाट शर्माले औपचारिक रुपमा सेनाको कमाण्ड सम्हाल्नेछन् ।

थापाले प्रधानसेनापतिबाट बिदाई पाएसंगै भदौ २४ पछि नेपाली सेनामा रथीको दरबन्दी समेत रिक्त हुनेछ । त्यसपछि हाल अनडफ मिसनमा फोर्स कमाण्डरका रुपमा कार्यरत सेनाका बलाध्यक्षरथी ईश्वर हमालले आगामी असोज २६ मा अवकास पाएसंगै सेनामा अर्को रथीको दरबन्दी रिक्त हुनेछ ।

हमालको सेनाबाट अवकास पाएपनि दरबन्दी रिक्त हुने गरी मिसन अवधीभरसम्मलाई तीन तारे जर्नेलका रुपमा काम गर्न पाउने निर्णयको लागी सरकारले सहमती दिइसकेको छ । उनि हाल मिसन इलाकामै कार्यरत छन् ।

सेनामा निकट भविष्यमा रिक्त हुन लागेको दुई रथीमा कस्ले बढुवा पाउंछ भन्ने चांसो सेनाभित्र सबैलाई छ । वरियताअनुसार बढुवा भएको खण्डमा सेनाका उपरथीहरु बालकृष्ण कार्की र सरोजप्रताप राणा रथीमा बढुवा हुनेछन् । कार्की भदौ २४ लगत्तै बढुवाका लागी लाईनमा बसेका छन् भने राणाको भने असोज २६ पछि मात्र रथीमा बढुवा हुनेछ पालो आउनेछ ।

यदी राणाको रथीमा बढुवा नभएको खण्डमा सेनाका अर्का उपरथी अनन्त कार्की रथीमा बढुवा हुने लाईनमा छन् । तर, सेनाको रथी बढुवामा भने कामु प्रधानसेनापति प्रभुराम शर्माले गर्ने सिफारीसमा भर पर्नेछ । रथी बढुवामा रहेका कार्कीले नेशनल डिफेन्स कोर्स (एनडिसी) चीनबाट गरेका छन् भने राणाले वार कलेज वेलायतबाट गरेका छन् । उनि अहिले सैनिक गूप्तचर महानिर्देशनालयको महानिर्देशक समेत छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement