हङकङ सिक्सेस : यूएईसँग नेपाल ४३ रनले पराजित

हङकङ सिक्सेस : यूएईसँग नेपाल ४३ रनले पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हङकङ सिक्सेसको बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित भएको छ ।

आइतबार बिहान भएको खेलमा नेपाल पराजित भएसँगै नेपालको यात्रा समाप्त भएको छ ।

पहिला ब्याटिङ गरेको यूएईले नेपाललाई जितका लागि १३० रनको लक्ष्य दिएको थियो । तर नेपालले निर्धारित छ ओभरमा ४ विकेट गुमाएर ८६ रन मात्रै बनायो । मोहम्मद आदिल आलमले ३२ र सन्दीप जोराले ३१ रन बनाए ।

त्यसअघि यूएईले ५ विकेट गुमाएर १२९ रन बनाएको थियो । नेपाल लिग चरणमा अफगानिस्तान र दक्षिण अफ्रिकासँग पराजित भएपछि बाउल लिगमा पुगेको थियो । जसमा हिजो श्रीलङ्कासँग पराजित हुँदा नेपालले भारतलाई ९२ रनले हराएको थियो ।