सरकारलाई नेकपाको निर्देशनः नेपालको नयाँ नक्सा जारी गर्नू

सरकारलाई नेकपाको निर्देशनः नेपालको नयाँ नक्सा जारी गर्नू


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग पनि समेटेको भन्दै नेपालले सो भूभागसहितको नयाँ नक्सा जारी गर्नुपर्ने निर्णय गरेको छ ।

नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिने निर्णय पनि नेकपाले गरेको छ ।

भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग लिम्पियाधुरा, लिपुकेल र कालापानी समावेश गरेपछि नेपालमा चर्को विरोध भएको थियो ।

जारी बैठकमा नेकपाका केन्द्रीय सदस्यहरुले पनि यसको विरोध गरेपछि नयाँ नक्सा जारी गर्ने निर्णय गरेको हो ।