नेपाल आइपुगे बलिउड अभिनेता विवेक ओबरोय


काठमाण्डु- बलिउडका चर्चित अभिनेता विवेक ओबरोय नेपाल आइपुगेका छन् । उनी बुधबार साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ आएका हुन् । विवेक दश दिने भ्रमणका नेपाल आएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा उनलाई पर्यटन बोर्डका कर्मचारी, व्यवसायी पुनम यादव लगायतले नेपाली ढाका टोपी र नेपालको राष्ट्रिय झण्डाले स्वागत गरे । सपरिवार नेपाल आएका विवेकले बिहीबार पशुपतिनाथ दर्शन र चन्द्रागिरि भ्रमणको कार्यक्रम रहेको छ । शुक्रबार पोखरा जाने उनी पोखरका विभिन्न स्थानको भ्रमणको अलावा प्याराग्लाइडिङ र जिप लाइन लगायतको मज्जा लिनेछन् ।

त्यसपछि लुम्बिनी दर्शन र केही कार्यक्रममा उनी सहभागी हुने उनको नेपाल भ्रमण संयोजक कृष्ण शाह कानुले बताए ।ओबरोयले बलिउडको अलावा तेलगु, मललायम, कन्नड लगायत थुप्रै फिल्म अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement