पराष्ट्रमन्त्री ज्ञवाली भन्छन्-सार्क बिम्स्टेकको विकल्प बन्दैन

पराष्ट्रमन्त्री ज्ञवाली भन्छन्-सार्क बिम्स्टेकको विकल्प बन्दैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं— भारतले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई किनारा लगाएर बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) लाई अगाडि सारिरहेका बेला नेपालले प्रतिक्रिया जनाएको छ।

हालै मात्र दोस्रो पटक निर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सपथग्रहणमा बिमस्टेक सदस्य राष्ट्र प्रमुखलाई मात्र डोकका थिए। बिमस्टेकमा पाकिस्तान बाहेकका छिमेकी मुलुक छन्।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सार्क र बिमस्टेक एकअर्का विकल्प बन्न नसक्ने नेपालको अडान र मान्यतामा कुनै परिवर्तन नभएको बताउँछन्।

सार्कको संस्थापक अनि अहिलेको अध्यक्ष राष्ट्र नेपाल सार्कलाई क्रियाशील एवम् गतिशील बनाउन सरकार प्रतिबद्ध रहेको उनले आइतबार पत्रकारहरुलाई बताए।

मन्त्री ज्ञवालीले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि तथा परिवर्तित सन्दर्भमा दुई देशबीचको सम्बन्धका सबै पक्षलाई समेटेर नेपाल र भारतका प्रबुद्ध व्यक्ति सम्मिलित समूहले तयार पारेको ‘इपिजी’को प्रतिवेदन नेपाल र भारतका प्रधानमन्त्रीसमक्ष उपयुक्त समयमा प्रस्तुत हुने बताए।