काठमाडौं – प्रगतिशील नेपाली समाज भारत (रजि)ले भारतले नेपाली कालापनी र लिम्पीयाधुरा लिपुलेकलाई नयाँ नक्सामा गाभेको भन्दै विरोध जनाएको छ ।
केन्द्रिय कार्यालय नयाँ दिल्लीले एक विज्ञप्ति जारी गर्दै भारतले स्वतन्त्र सार्वभौम राष्ट्र नेपालमाथि नाग्ङो हस्तक्षेप गरेको बताएको छ ।
‘स्वकार्य पञ्चशील सिद्धान्तको नियम विपरित भएको उक्त कार्य तत्काल सच्याउन माग गदछौं, ’ अध्यक्ष प्रकाश नेपाली र महासचिव लोकेन्द्र शेर्पालीद्वारा हस्ताक्षरित विज्ञप्तमा भनिएको छ ।




प्रतिक्रिया