सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा सोमालिया, नेपालले १ अंक बढी पायो

सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा सोमालिया, नेपालले १ अंक बढी पायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- विश्वको सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा दक्षिण अफ्रिकी देश सोमालिया परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क रिपोर्टमा सबैभन्दा सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा दरिएको हो ।

१८० देश सम्मिलित सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया ११ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

त्यस्तै नेपालले भने यो वर्ष त्यसमा झिनो सुधार गरेको छ । भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)मा नेपालले गत वर्षको तुलनामा एक अंक बढी पाएको हो ।

गत वर्ष ३४ अंक पाएको नेपालले यसपटक ३५ अंक पाएको छ । एक अंक बढी ल्याएका कारण नेपाल सुशासन हुने मुलुकहरुको बरियताक्रममा दुई अंक अगाडि आएको छ । यससँगै गत वर्ष ११० औ स्थानमा रहेको नेपाल यसपाली १०८ औ स्थापनमा पुगेको छ ।