२० औं एसियन गेम्स : अफगानिस्तानद्वारा नेपाललाई १०३ रनको प्रस्तुत

२० औं एसियन गेम्स : अफगानिस्तानद्वारा नेपाललाई १०३ रनको प्रस्तुत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – २० औं एसियन गेम्समा पुरुष क्रिकेटतर्फ समूह ‘ए’को खेलमा अफगानिस्तानले नेपाललाई १०३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।

जापानको कोरोगी स्पोट्र्स पार्कमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको हो।

अफगानिस्तानका फेजल खान अहमदजाईले सर्वाधिक ३० रन बनाए। उनले ३३ बलमा २ चौका र१ छक्का प्रहार गरे।

यस्तै नाजिबुल्लाह जद्रानले समान ३० रन बनाए। उनले ४० बलमा २ चौका प्रहार गरेका हुन्। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिए। ललित राजवंशीले ३ विकेट लिए। नेपालको जारी प्रतियोगितामा यो पहिलो खेल हो भने अफगानिस्तानको यो दोस्रो खेल हो। पहिलो खेलमा अफगानिस्तानले आयोजक जापानलाई पराजित गरेको थियो।