नेपाल एयरलाइन्सले नयाँ इतिहास बनायो, दुबई-काठमाण्डु रुटको उडानमा सबै क्रु मेम्बर महिला (फोटोफिचर)

नेपाल एयरलाइन्सले नयाँ इतिहास बनायो, दुबई-काठमाण्डु रुटको उडानमा सबै क्रु मेम्बर महिला (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले नयाँ इतिहास बनाएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी नेपाल एयरलाइन्सले नयाँ इतिहास बनाएको हो ।

जसअनुसार एयरलाइन्सको आजको दुबई-काठमाण्डु रुटमा उडेको ए३२० जहाजको सबै क्रु मेम्बर महिला थिए । जसमा पाइलट भावना पन्त र को पाइलट सृजना रावतले जहाज उडाएका हुन् ।

एयरहोस्टेस समेत सबै महिला राखेसँगै यो उडानको सम्पूर्ण जिम्मेवारी महिलाले सम्हाले । यो टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका थिए ।

निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार नेपालको अन्तर्राष्ट्रिय उडान इतिहासमा यो नै सबै क्रु मेम्बर महिला भएको पहिलो उडान हो। दुई दिन अगाडि चालक दलको यसै जोडीले यो जहाज दुबई लगेको थियो । जुन आफैंमा इतिहास थियो ।