नेपाल एयरलाइन्स र विद्युत प्राधिकरणबीच हवाई सेवामा छुट दिनेसम्बन्धी सम्झौता

नेपाल एयरलाइन्स र विद्युत प्राधिकरणबीच हवाई सेवामा छुट दिनेसम्बन्धी सम्झौता


काठमाण्डु – नेपाल विद्युत प्राधिकरण र नेपाल एयरलाइन्सबीच हवाई सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।

सोमबार पर्यटनमन्त्री प्रेम आलेको उपस्थितिमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज घिमिरेले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार एनएसीमार्फत यात्रा गर्दा प्राधिकरणका कर्मचारी तथा उनीहरूका परिवारले टिकटमा १५ प्रतिशत र सामान ढुवानीमा ५–१० प्रतिशत छुट पाउनेछन् ।

सम्झौता कार्यक्रममा बोल्दै पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री प्रेम आलेले प्राधिकरणले अब वायुसेवा निगम प्रयोग गर्ने र यसबाट डुब्न लागेको उकास्न सहयोग पुग्ने बताए ।

सचिव महेश्वर न्यौपानेले विद्युत प्राधिकरणजस्तै एनएसीलाई पनि माथि उठाउनुपर्ने उल्लेख गरे ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ सम्भव भएसम्म अफिसियल काममा वायुसेवा निगम नै प्रयोग प्रतिबद्धता व्यक्त गरे ।

एनएसीका क्याप्टेन विजय लामाले कुलमानबाट प्रभावित भएको भन्दै निगम सुधारका लागि समेत साथ दिन आग्रह गरे ।