काठमाण्डु – नेपाल वायुसेवा निगमका तीन वटा कर्मचारी युनियनले महाप्रबन्धक डिमप्रसाद पौडेलसहित सञ्चालकहरु फुर्वा ग्याल्जेन शेर्पा र ईश्वरी पौडेललाई तत्काल बर्खास्तीको माग गरेका छन् ।
उनीहरुले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुको तत्काल बर्खास्तीको माग गरेका हुन् । पौडेल, शेर्पा र ईश्वरीले निगमको व्यावसायिक स्वार्थ बाझिने गरी काम गर्दै आएको आरोप लगाउँदै उनीहरुले विगतमा एक सय चार दिन गरिएको आन्दोलनसमेत मन्त्रीलाई स्मरण गराएका छन् ।
हवाई माफियाहरुसँग तीन जनाको संलग्नता रहेको भन्दै उनीहरुले पुस १३ गतेदेखि दोहामा ग्राउण्डेड निगमको जहाजको इञ्जिन तत्काल बनाउनुने निर्णय गर्नुपर्नेमा उनीहरुले नै उक्त विषयमा खलल पुग्नेगरी वक्तव्य जारी गरेको ज्ञापनपत्रमा उल्लेख गरेका छन् । ‘सरकारी निर्णयविरुद्ध हुने गरी उनीहरुले निगमलाई निजीकरण गर्नुपर्छ भन्दै आए,’ उनीहरुले बुझाएको संयुक्त ज्ञापनपत्रमा भनिएको छ ।





प्रतिक्रिया