क्याबिन क्रुका माग सम्बोधन गर्ने सहमतिपछि वायुसेवा निगमका उडान सुचारु

क्याबिन क्रुका माग सम्बोधन गर्ने सहमतिपछि वायुसेवा निगमका उडान सुचारु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल वायुसेवा निगमकोे अन्तराष्ट्रिय उडान सुचारु भएको छ ।

नेपाल वायु सेवा निगमको व्यवस्थापनाले दुई जना एयर होस्टेस आरती महर्जन र स्मिता गुवाजुको बिना कारण करार नविकरण नगरेको भन्दै उनिहरु आन्दोलनमा उत्रिएपछि उडान प्रभावित भएको थियो ।

बिहीबार निगमको व्यवस्थापन र क्याविन क्रुबीच भएको छलफलमा करार नविकरण गर्ने सहमित भएको हो । त्यस्तै आजैबाट उडान सुचारु गर्ने गरी सहमति भएको जनाइएको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल क्याबिन क्रु संघसँग आगामी दिनमा सबैको करार मिति एकै दिन (पुस १ गते) बाट सुरु हुने र सबैको करार अवधिमा एकरुपता (तीन वर्ष) रहने सम्झौता गरेपछि उडान सुचारु भएका हुन् ।

निगमको बिहिवार ६ वडा उडान प्रभावित भएको थियो । वायु सेवा निगममा क्याबिन क्रुको आन्दोलनका कारण उडान प्रभावित हुनुका साथै निगमलाई आर्थिक घाटा भएको र सयौं यात्रुहरु अलपत्रसमेत परेका थिए ।