खाडी मुलुक जाने नेपाली श्रमिकलाई वायुसेवा निगमले विशेष छुट दिने

खाडी मुलुक जाने नेपाली श्रमिकलाई वायुसेवा निगमले विशेष छुट दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल वायुसेवा निगमले खाडी मूलुक रोजगारीका लागि नेपाली श्रमिक यात्रुहरूका लागि नयाँ भाडादर लागू गरेको छ।

निगमले शुक्रबार सूचना प्रकाशित गर्दै दमाम, दोहा, दुवई तथा क्वालालाम्पुर जाने श्रमिकलाई विशेष छुटसहित नयाँ भाडादर लागू गरेको हो ।

सूचनामा ‘नेपाल वायुसेवा निगमले काठमाण्डुबाट रोजगारीका लागि दमाम, दोहा, दुबई तथा क्वालालाम्पुर गन्तव्यतर्फ जाने नेपाली श्रमिक यात्रुहरूका लागि विशेष छुटसहित नयाँ भाडादर योजना लागु गरेको छ । श्रमिक यात्रुहरूको सर्वसुलभताका लागि नेपालबाट तोकिएको गन्तव्यमा यात्रा गर्दा प्रत्येक उडानमा दशवटा सिटमा साबिकको भाडामा १० प्रतिशत विशेष सहुलियत दिने निर्णय गरेको छ । भनिएको छ ।

यस्तो भाडादर श्रम मुलुकमा यात्रा गर्ने यात्रुले आवश्यक कागजातसहित निगमको नेपालस्थित कार्यालयहरूका टिकट काउन्टरबाट सेवा लिन सक्नेछन् ।