काठमाण्डु – नेपाल एयरलाइन्सको मलेसियाबाट आएको उडानमा कोरोना संक्रमित यात्रु भेटिएका छन् । डिसेम्बर ३० को फ्लाइट नम्बर ४१६ बाट आएकामध्ये एकजना यात्रुमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
एक जनामा कोरोना पुष्टि भएपछि एयरलाइन्सले आफ्नै खर्चमा ५३ जनालाई होटल आइसोलेसनमा पठाएको छ । १ सय ४५ जना यात्रु रहेकोमा बाँकीलाई भने त्यही दिन घर पठाइएको एयलाइन्सले जानकारी दिएको छ ।
जानाजान कोरोना संक्रमित यात्रुलाई चढाएको भन्दै नेपाल एयरलाइन्सको मलेसियाका लागि कन्ट्री म्यानेजर नरेश कुमार श्रेष्ठ र स्टेसन म्यानेजर फिर्ता बोलाउने प्रक्रिया सुरु भइसकेको एयरलाइन्स निकट स्रोतले जानकारी दिएको छ ।




प्रतिक्रिया