नेपाल एयरलाइन्सको वदमासी : नियमित उडान रोकेर चार्टर्ड गर्ने दाउमा प्राधिकरणको लगाम

नेपाल एयरलाइन्सको वदमासी : नियमित उडान रोकेर चार्टर्ड गर्ने दाउमा प्राधिकरणको लगाम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल वायुसेवा निगमलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित उच्च अधिकारीहरुले नियमित उडान छोडेर कमिसनको लोभमा चार्टड उडान गर्न खोजेपछि स्पष्टीकरण सोधिएको हो ।

निगमको मलेसियामा नियमित उडान छ । तर, त्यो छोडेर चार्टर्ड गर्न खोजेपछि प्राधिकरणले कडा कदम चालेको हो । नेपाल वायु सेवाले अहिले मलेसिया दैनिक उडान भरिरहेको छ । निमगले चार्टर्ड उडानको अनुमति मागेपनि प्राधिकरणले उल्टै स्पष्टीकरण सोधेको हो ।

वैदेशिक रोजगारीमा मलेसिया जानेहरुको संख्या पछिल्लो समय बढिरहेको छ । अहिले निगमले मलेसियाको लागि एकतर्फी ३५ हजार भाडा लिइरहेको छ । चार्टर्ड गरेर दोब्बर भाडा लिने तयारी रहेको बेला प्राधिकरणले त्यसलाई रोकेको हो ।

मलेसिया जानका लागि श्रम स्वीकृति लिनेको संख्या १९ हजार ७ सय ८३ रहेको छ । निगमले अहिले मध्यपूर्वमा मलेसिया दोहा,रिहाद र दुवईलगायतका देशमा उडान भरिरहेको छ । तर, उडान समयमै नहुंदा यात्रुहरुले दुखः पाउने गरेका छ्न ।

निगमका कार्यकारी अधिकृत अधिकारीको नेतृत्वमा निगम पछिल्लो समय धराशयी बन्दै गएको छ । उनी अदालतको स्टे अर्डरको भरमा पदमा बसिरहेका छन् । तर, व्यवस्थापन भने दिनप्रति दिन फितलो हुंदै गएको गुनासो छ । अधिकारीको ध्यान अहिले निगमलाई सुधार गर्नेमा भन्दा नयां जहाज खरिद र कमिसन आउने काममा बढी रहेको निगम स्रोत बताउंछ ।