काठमाण्डु – नेपाल वायु सेवा निगमले २ कर्मचारीलाई निलम्बन गरेको छ ।
नक्कली कीर्ते कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेपछि निगमको यात्रु सेवा विभागका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादवलाई निलम्बन गरिएको हो ।
निगमका मानव संसाधन विभागका प्रमुख अशोक सिग्देलले दुवैलाई निलम्बन गरिएको जानकारी दिए । प्रहरीले दुवैलाई मंसिर १९ गते पक्राउ परेको थियो ।
प्रहरीले पोखरेल र यादव पक्राउ परेको जानकारी निगमलाई गराएपछि निलम्बन गरिएको प्रमुख सिग्देलले बताए । अध्यागमन र विभिन्न एयरलाइन्सका कर्मचारीकै मिलेमतोमा नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाइने गरेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया