नेपाल एयरलाइन्सले पायो ‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’

नेपाल एयरलाइन्सले पायो ‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’


काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले ‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’ पाएको छ । एयरलाइन्स कृटिज एन्ड ब्लगर एशोसिएसनले सन् २०१९ का लागि नेपाल वायु सेवा निगमलाई लोकप्रिय एयरलाइन्सको अवार्ड प्रदान गरेको हो ।

चार सय ५० भन्दा बढी एयरलाइन्स ब्लगर, रिभ्युअर, यात्रु र एभियसन पत्रकारहरुले गरेको समीक्षाका आधारमा नेपाल एयरलाइन्सलाई यो अवार्ड प्रदान गरिएको हो ।