काठमाण्डु – नेपाल वायुसेवा निगमले निगमको निर्णयअनुसारै रुकुम जाने विमानलाई नेपालगञ्ज अवतरण गराइएको बताएको छ ।
बुधबार निगमले एक विज्ञप्ति जारी गर्दै मौसम प्रतिकुलताले निर्धारित समयमा जहाज उड्न नसक्दा उक्त जहाजलाई नेपालगञ्ज अवतरण गराउने निर्णय गर्नुपरेको स्पष्ट पारेको हो ।
त्यसैगरी अन्तर्राष्ट्रिय नियमअनुसार ड्युटी समयभन्दा बढी पाइलटको काममा लगाउन नसकिने भएकाले सो निर्णय लिनु परेको समेत निगमले जनाएको छ ।





प्रतिक्रिया