काठमाडौं – नेपाल एयरलाइन्सका ४ वटै वाई–१२ जहाज ग्राउन्डेड भएका छन् । निगमसँग ४ वटा वाइ–१२ जहाज भएपनि पछिल्लो समय एउटा मात्रै जहाज उडिरहेको थियो ।
एउटा मात्रै जहाजले दैनिक एक उडान भरिरहेको अवस्थामा जुलाई २९ बाट भने सबै वाई–१२ जहाजको उडान बन्द भएको हो ।
२८ जुलाईमा काठमाडौं–दाङ–काठमाडौं उडानपछि वाई–१२ ग्राउन्डेड भएको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
नेपाल एयरलाइन्सका प्राविधिक इन्जिनियरले २९, ३० र ३१ जुलाई गरी तीन दिनका लागि जहाज ग्राउन्डेड भएको सूचना एयरलाइन्सको अपरेसन विभागमा पठाएका थिए ।
तर, नेपाल एयरलाइन्सको वाई–१२ जहाज जनवरीदेखि नै कहिलेकाँही मात्रै उडिरहेका छन् ।




प्रतिक्रिया