काठमाण्डु -चीनलगायत विश्वभर फेरी कोरोना संक्रमण बढेपछि नेपालमा समेत सावधानी अपनाउन थालिएको छ ।
नेपाल वायु सेवा निगमले सूचना जारी गर्दै विदेशबाट आउने यात्रुहरुलाई पीसीआर नेगेटिभ रिपोर्ट वा बार कोड सहितको कोभिड–१९ इन्टरनेशनल सर्टिफिकेट अनिवार्य साथमा राख्न अनुरोध गरेको छ ।
निगमले आइतबार सूचना जारी गर्दै नागरिक उड्डयन प्राधिकरणबाट पुष ८ मा जारी भएको व्यवस्थालाई पूर्ण पालना गर्न यात्रुहरुलाई अनुरोध गरेको हो ।





प्रतिक्रिया