त्रिभुवन विमानस्थलबाट नेपाल एयरलाइन्सका कर्मचारी सुनसहित पक्राउ

त्रिभुवन विमानस्थलबाट नेपाल एयरलाइन्सका कर्मचारी सुनसहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना सुन तस्कर पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल एयरलाइन्सका कर्मचारी नै रहेको खुलेको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार नेपाल एयरलाइन्सका कर्मचारी रन्जित कुमार यादव पक्राउ परेका हुन् ।

तस्करीको सुन पास गर्दै गरेको अवस्थामा विमानस्थलमा खटिएका प्रहरी टोलीले यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यादवको साथबाट ३० तोला सुन बरामद भएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ।