काठमाण्डु – अमेरिकाले अनुदानमा उपलब्ध गराएको १५ लाख डोज खोप नेपाल आइपुगेको छ । अमेरिकाले कोभ्याक्स सुविधामार्फत जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप काठमाण्डु आइपुगेको हो । खोप बोकेर आएको अमेरिकी कार्गो जहाज १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो ।
विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरेका हुन् । सो क्रममा राजदूत बेरीले यो अमेरिका नागरिकका तर्फबाट निशुक्ल निशुल्क उपहार भएको बताए । उनले खोप नागरिकको जीवन रक्षासँग जोडिएको विषय भएको भन्दै अमेरिकाले खोपको नाममा कुनैपनि राजनीति नगर्ने समेत बताए ।
गत महीना अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालसहितका मुलुकलाई पहिलो चरणमा ८० मिलियन डोज खोप कोभ्याक्समार्फत उपलब्ध गराउने घोषणा गरेका थिए । अहिलेसम्म नेपालमा भारत र चीनबाट ल्याइएका खोप दुई डोज लगाउनु पर्ने खालका छन् । तर, जोन्सन एन्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्ने विज्ञहरुले बताएका छन् ।




प्रतिक्रिया