नेपालले अमेरिकामा खेल्ने लिग– २ को खेल तालिका सार्वजनिक

नेपालले अमेरिकामा खेल्ने लिग– २ को खेल तालिका सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपालले अमेरिकामा खेल्ने आईसीसी विश्वकप लिग– २ को खेल तालिका सार्वजनिक भएको छ ।

लिग–२ मा नेपाल, अमेरिका र स्कटल्यान्ड भिड्नेछन् । नेपालले खेल्ने सबै खेलहरु प्रेरिरी भ्यू ह्युस्टनमा राति १०ः१५ मा सुरु हुनेछन् ।

नेपालले पहिलो खेल २७ अक्टोबरमा अमेरिकासँग, दोस्रो खेल २९ अक्टोबरमा स्कटल्यान्डसँग र तेस्रो खेल २ नोभेम्बरमा अमेरिकासँग र ४ नोभेम्बरमा स्कटल्यान्डसँग खेल्नेछ ।

त्यसपछि यी तीन टोलीबीच टी–२० सिरिज हुनेछ ।लिग–२ र त्रिकोणात्मक टी–२० आई सिरिज खेल्न नेपाली टोली मंगलबार राति क्यानडातर्फ गइसकेको छ ।

नेपालले लिग २ मा क्यानडासँग १६ र २२ सेप्टेम्बरमा खेल्नेछ । त्यस्तै ओमानसँग १८ र २४ सेप्टेम्बरमा लिग–२ मा प्रतिस्पर्धा गर्नेछ ।

त्यसपछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी–२० आई सिरिज पनि हुनेछ । नेपालले त्रिकोणात्मक टी२० आई सिरिजमा २८ सेप्टेम्बरमा क्यानडा, २९ मा ओमान, १ अक्टोबरमा क्यानडा र २ अक्टोबरमा ओमानसँग खेल्नेछ ।

क्यानडामा यी खेल सकिएपछि नेपाली टोली अमेरिका जानेछ ।