जंगीअड्डामा व्यापक सरुवा, १० सहायक रथी र पाँच महासेनानीसहित १८ कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं– नेपाली सेनामा व्यापक काज सरुवा भएको छ।  जंगीअड्डाले १० सहायक रथी, ५ महासेनानी, दुई सहसेनानी र एक सेनानीको सरुवा गरेको छ।

जंगीअड्डाले नेपाली सेना ब्याटल स्कूलमा रहेका सहायक रथी गणेशबहादुर कार्कीको राष्ट्रिय सेवादलमा सरुवा गरेको छ, भने नम्बर २१ बाहिनी अड्डामा कार्यरत सहायक रथी बालकृष्ण कार्कीलाई सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयमा पठाएको छ।

नम्बर ४ बाहिनी अड्डाका सहायक रथी अनन्त कार्की सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयमा पुगेका छन्, भने नम्बर २७ बाहिनी अड्डाका सहायक रथी अशोकराज सिग्देलको युद्धकार्य निर्देशनालयमा सरुवा भएको छ।

त्यस्तै, नम्बर २३ बाहिनी अड्डाका सहायक रथी कृष्णमुरारी न्यौपानेको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा हुँदा नम्बर १८ बाहिनी अड्डाका सहायक रथी भरतप्रसाद पाठक पूर्वी पृतना हेडक्वार्टर पुगेका छन्।

उपत्यका पृतना हेडक्वार्टरका सहायक रथी सञ्जय थापाको नम्बर २१ बाहिनी अड्डामा सरुवा भएको छ, भने वन तथा पर्यावरण सुरक्षा निर्देशनालयका सहायक रथी निरमानसिंह गुरुङको नम्बर २३ बाहिनी अड्डामा सरुवा भएको छ।

पूर्वी पृतना हेडक्वार्टरका सहायक रथी प्रेम शाही विशेष फौज बाहिनी पुग्दा अति विशिष्ठ व्यक्ति सुरक्षा निर्देशनालयका सहायक रथी बाबुराम श्रेष्ठको नमबर २७ बाहिनी अड्डामा सरुवा भएको छ।

यसैगरी, पाँच जना महासेनानीको सरुवा भएको छ। जंगीअड्डाले सुदूरपश्चिम पृतना हेडक्वार्टरका महासेनानी हिमांशु खड्कालाई नम्बर १८ बाहिनी अड्डामा सुरुवा गरेको छ, भने उत्तर पश्चिम हेडक्वार्टरका महासेनानी निरज पौडेलको नम्बर ४ बाहिनी अड्डा सरुवा गरेको छ।

त्यस्तै, वीरेन्द्र अस्पतालका महासेनानी राम राणा वन तथा पर्यावरण सुरक्षा निर्देशनालयमा पुग्दा पश्चिम पृतना हेडक्वार्टरका महासेनानी सुरेन्द्रसिंह रावलको नीति तथा योजना निर्देशनालयमा सरुवा भएको छ। नम्बर ३ बाहिनी अड्डाका महासेनानी शिशिरचन्द्र केसीको बलाधिकृतको कार्यालयमा सरुवा भएको छ।

त्यस्तै, पश्चिम पृतना हेडक्वार्टरमा कार्यरत सेनानी सुदीप अर्यालको काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनामा सरुवा भएको छ।

अति विशिष्ठ व्यक्ति सुरक्षा निर्देशनालयमा रहेका सह-सेनानी लक्ष्मी खड्का सैनिक संग्रहालय पुग्दा सुरक्षा तथा समारोह व्यवस्था सचिवालयमा रहेका सह-सेनानी तारा श्रेष्ठ अति विशिष्ठ व्यक्ति सुरक्षा निर्देशनालयमा सरुवा भएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement