काठमाडौं – विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको कोरोना भाइरसकाबीच नेपाली सेनाका सैनिक शान्ती सेनामा जाने भएका छन् । सेनाले शान्ति मिसनमा जाने सैनिकको स्वास्थ्य परीक्षण गरेर पठाउने तयारी गरेको हो ।
नेपाली सेनाका सहायकरथी एवं प्रवक्ता विज्ञानदेब पाण्डेले सैनिकलाई शान्ति सेनामा पठाउने प्रक्रिया सुरु गरिएको जानकारी दिए । उनले कंगो, माली, दक्षिण सुडान र लिबियामा शान्ति सेनामा पठाउन लागिएको जानकारी दिए ।
प्रवक्ता पाण्डेले प्रक्रियामै रहेकाले फाइनल भइनसकेको जानकारी दिए । जसअनुसार कंगोमा ५६ जना, मालीमा १ सय ३८ जना, दक्षिण सुडानमा ७ सय जना र लिबियामा २ सय ३० सैनिक जानेछन् ।
‘यसबारे हामीले प्रक्रिया अगाडि बढाएका छौं । पक्कापक्की भइसकेको छैन्’, प्रवक्ता पाण्डेले भने । शान्ति सेनामा जुलाई १ तारिखमा दक्षिण सुडान, ५ तारिखमा कंगो, ७ तारिखमा माली र १५ तारिखमा लिबिया पठाउने तयारी भइरहेको छ ।




प्रतिक्रिया