काठमाण्डु – नेपाली सेनाले लिपुलेक जाने बाटो निर्माणको आधा काम सकेको छ ।
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले सेनाले भारतले अतिक्रमण गरेको लिपुलेक जाने बाटो निर्माण कार्य जारी राखेको जनाएका छन् । उनले ट्र्याक खोल्ने काम आधा सकिएको जनाएका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा केही तस्बीर सेयर गर्दै बाटो निर्माण कार्य आधा सकिएको भन्दै खुशी व्यक्त गरेका छन् ।

प्रवक्ता पौडेलले घाँटीबगरदेखि छागंरुसम्मको सम्मा ट्र्याक ४५० मीटर रहेको र २ सय ५० मीटर ट्रयाक खोलिसकिएको जनाएका छन् । ट्रयाक खोल्न सेनाको एक टुकडी सो स्थानमा कार्यरत छ ।
Tenacity in Adversity ! Happy to Share Ghanti Bagar – Chhangru Track Opening Progress Update. 250 of 450 Meters Completed. #nationfirst pic.twitter.com/8Va5vIfFtB
— NASpokesperson (@NaSpokesperson) July 20, 2020




प्रतिक्रिया