विपद् व्यवस्थापनमा नेपाली सेनाका तीन स्काई ट्रक र १० वटा हेलिकप्टर ‘स्ट्याण्डबाई’

विपद् व्यवस्थापनमा नेपाली सेनाका तीन स्काई ट्रक र १० वटा हेलिकप्टर ‘स्ट्याण्डबाई’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मुलुकभर अविरल वर्षा र बाढीपहिरो बढेपछि उद्धार तथा राहतका लागि नेपाली सेना तयारी अवस्थामा बसेको छ । नेपाली सेनाले उद्धार र राहतका लागि चार ठाउमा तीन स्काईट्रकसहित १३ वटा हवाई साधन तयारी अवस्थामा राखेको छ ।

सेनाले तीन स्काईट्रक र १० ओटा हेलिकप्टरहरु चार फरक स्थानमा आवश्यकता अनुसार तैनाथ गरेर राखेको हो । पश्चिम एयरबेस सुर्खेतमा एक–एकवटा स्काईट्रक, एमआई–१७ र इकुरेल खटाइएको छ ।

यसैगरी मध्य एयरबेस काठमाडौंमा दुई वटा स्काईट्रकसहित एमआई–१६, इकुरेल, अगस्टा, पिपर र कासा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । पूर्व एयरबेस सुनसरीको इटहरीमा एक बेल हेलिकप्टर र चितवनको भरतपुरमा एक एमआई–१७ हेलिकप्टर तयारी अवस्थामा छ ।

‘सेनाले विपद् व्यवस्थापनका लागि ती साधनहरुलाई यसअघि म्याग्दी, सिन्धुपाल्चोक, तनहुँ र म्याग्दीलगायतका स्थानमा प्रयोगमा पनि ल्याइसकेको छ ।’ सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।

नेपाली सेनाले प्रदेश–२ को रौतहटको गौर नगरपालिका छठघाट इलाका र गढीमाई नगरपालिका–१ समनपुरमा अस्थायी हेलिप्याड पनि बनाएको छ ।

प्रवक्ता पौडेलका अनुसार मुलुकभर १८ वटा फिल्ड अस्पताल तयारी अवस्थामा छन् । जसअनुसार नेपालगन्ज, पोखरा र इटहरीका तीनै सैनिक अस्पतालमा ५०–५० जनाको उपचार गर्न सकिने छ ।

विशेष बाहिनी, इन्जिनियर गण र मेडिकल टिमसहित विपद् पर्दा छिटो उद्धार गर्ने टोली काठमाण्डु विमानस्थलमा तयारी अवस्थामा बसिरहेका छन् ।