काठमाण्डु – नेपाली सेनाले भारतबाट ल्याउन लागेका एक सय वटा ट्रकको भन्सार छुट पाएको छ । अर्थ मन्त्रालयले सेनाले भारतबाट सहयोग स्वरुप प्राप्त गरेका ट्रकलाई भन्सार तथा अन्तःशुल्क छुट दिने निर्णय गरेको हो ।
२.५ टन क्षमताका ट्रकको मूल्य २३ करोड ६२ लाख ५० हजार रहेको छ ।
‘नेपाल इन्डिया बाइलेटरल कन्सुलेटिभ ग्रुप अफ सेक्युरिटी इस्यु’ को गत ०७५ मंसिरमा सम्पन्न १३ औँ बैठकले भारतले एक सय वटा ट्रक दिने घोषणा गरेको थियो ।




प्रतिक्रिया