सहायक रथी राणा उपरथीमा बढुवा, पालको राजीनामा स्वीकृत

सहायक रथी राणा उपरथीमा बढुवा, पालको राजीनामा स्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाका सहायक रथी विनयविक्रम राणालाई उपरथीमा बढुवा भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले राणालाई उपरथीमा बढुवा गरेको हो ।

सैनिक सचिवको रुपमा कार्यरत राणाले बढुवा भएसँगै पश्चिम पृतनाको पृतनापतिको जिम्मेवारी पाएका छन् । त्यस्तै सरकारले उपरथी गोकुल भण्डारीको सरुवा भएको छ ।

त्यस्तै बैठकले सहायक रथी अरुणकुमार पालको राजीनामा स्वीकृत गरेको छ । उनले केही समयअगाडि जंगी अड्डामा राजीनामा बुझाएका थिए ।