सिन्धुपाल्चोक पहिरोः नेपाली सेनाले यसरी गर्दैछ उद्धार

सिन्धुपाल्चोक पहिरोः नेपाली सेनाले यसरी गर्दैछ उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले सिन्धुपाल्चोक पहिरोस्थललमा खटिएको छ । आइतबार बिहान परेको अविरल वर्षाको कारण सिन्धुपाल्चोकको बाह्रबिसे न.पा. वडा नं. ७ स्थित नाकुचे (गुमथाङ्ग), डांडागाउं, नेवार टोल र बिक टोलमा उद्धार कार्यको लागि स्थानिय र अन्य सुरक्षा निकायहरुको सहभागितामा नेपाली सेनाको गोरख बक्स गणले आज बिहानै देखि खोज तथा उद्धार कार्य जारी राखेको छ ।

पहिरोले २२ वटा घरमा क्षेति पुगेको छ भने ३१ जना बेपत्ता भएका छन् । हाल सम्म ११ जनाको शव फेला परेको सेनाले जनाएको छ । डांडागाउंबाट घाईते ३ जनालाई उपचारको लागि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएको सेनाले जनाएको छ । त्यस्तै बांकी २० जना बेपत्ता भएका व्यक्तिहरुको खोजि कार्य भईरहेको छ ।

उक्त क्षेत्रमा गएको पहिरोबाट प्रभावित ईलाकाको स्थलगत अवलोकन गर्न नेपाली सेनाका नं. २६ बाहिनीपति सहायक रथी विष्णु राउतले पहिरोवाट प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।

सुरक्षा बेश बाह्रबिसे र खोराङ्गबाट करिब ५० जनाको टोली खटिएको सेनाले जनाएको छ ।