भर्चुअल तेक्वान्दो प्रतियोगितामा नेपाली सेनाले जित्यो ४ पदक


काठमाण्डु – कोरोना भाइरसको कहरका कारण पहिलोपटक भर्चुअल माध्यमबाट तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । बंगलादेश तेक्वान्दो फेडेरेशनको आयोजनामा असोज १७ र १८ गते उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

पहिलो बंगलादेश तेक्वान्दो (पुम्से) इन्टरनेशनल लाइभ च्याम्पियनसिप–२०२०’ मा सहभागी भएको नेपाली सेनाका खेलाडीले समेत ४ वटा पदक जितेका छन् ।

त्रिभुवन आर्मी क्लबका खेलाडीहरु आयशा शाक्यले स्वर्ण पदक जितिन् भने सिना मादेन र नीता गुरुङले रजत तथा कृष्ण बहादुर तामाङले रजत पदक जितेका छन् ।

प्रतियोगितामा विभिन्न १९ देश बाट ३४४ खेलाडीहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement