पृतनापति समन्वयात्मक बैठक सुरु, यस्ता छन् बैठकका एजेण्डा

पृतनापति समन्वयात्मक बैठक सुरु, यस्ता छन् बैठकका एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ‘पृतनापति समन्वयात्मक बैठक सुरु भएको छ । आइतबार प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीले उक्त बैठकको सुरु गरेका हुन् । ।

उक्त कार्यक्रममा प्रधानसेनापति पूर्णबहादुर थापा, रक्षा सचिव तथा जङ्गी अड्डाका रथी र पृतनापतिहरु सहभागी रहेको सेनाले जनाएको छ ।

उक्त कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षाको गम्भिरता र संवेदनशिलतालाई मध्यनजर गर्दै यस्ता विषयहरुमा नियमीत अन्तरक्रिया भईरहनु पर्ने र यस्तो छलफलबाट महत्वपूर्ण निश्कर्षहरु निस्कने बिश्वास व्यक्त गरेका थिए ।

सोही क्रममा उनले कोभिड–१९ प्रतिकार्य, रोकथाम र नियन्त्रण, शब व्यवस्थापन तथा बिपदका विभिन्न घटनाहरुमा उद्धार तथा सहयोगमा नेपाली सेनाले खेलेको भुमिका तथा हालसालै नेपाली सेनाले सम्पन्न गरेको घाँटिबगर देखी छाँग्रु सम्मको गोरेटोरघोडेटो बाटो निर्माणको प्रशंसा गरेका थिए ।

साथै उनले नेपाली सेनाको आधुनिकिकरण योजना तथा आर्थिक अनुशासनको कायमी र प्रणाली र पद्धतीको कार्यान्वयनमा नेपाल सरकारको पूर्ण सहयोग र समर्थन रहने प्रसंग समेत उल्लेख गरेका थिए ।

प्रधानसेनापति पुर्णचन्द्र थापाले प्रधानमन्त्री ओलीको शुभारम्भ मन्तब्यका लागि धन्यवाद दिँदै कोभिड–१९ महामारीका कारण सृजित अन्यौलता एवं निराशा तथा आर्थिक गतिविधिमा देखिएको सुस्तताका कारण उत्पन्न हुनसक्ने चुनौतिहरुको सामना गर्ने गरि आगामी कार्ययोजनाको निर्माण गर्न यो समन्वयात्मक बैठक उपयोगी हुने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा रथी प्रभुराम शर्माले स्वागत मन्तव्य राख्दै सरकार तथा रक्षा मन्त्रालयबाट सकारात्मक सहयोग प्राप्त भईरहेको र यस्तै सहयोग भविष्यमा पनि निरन्तर भइरहने अपेक्षा राखेको बताए । समन्वयात्मक बैठकको क्रममा सहभागी महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुखहरु तथा पृतनापतिहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गर्नुहुने कार्यक्रम रहेको छ ।

यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रिया पश्चात प्राप्त हुने राय सुझावहरुले आगामी दिनहरुमा नेपाली सेनाको महत्वपूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्‍याउने सेनाले जनाएको छ ।