चिनियाँ रक्षामन्त्री र प्रधानसेनापतिबीच भेटवार्ता, विगतमा भएका सैनिक सहायता प्राप्ति सम्बन्धी प्रगतिबारे छलफल

चिनियाँ रक्षामन्त्री र प्रधानसेनापतिबीच भेटवार्ता, विगतमा भएका सैनिक सहायता प्राप्ति सम्बन्धी प्रगतिबारे छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमणडु – चिनियाँ रक्षामन्त्री वेई फेङ्हे र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ ।

नेपालको एकदिने भ्रमणमा आएका रक्षामन्त्री फेङ्हे र प्रधानसेनापति थापाबीच आपसी हित तथा द्विपक्षीय सैनिक सहकार्यको सम्बन्धमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

सो भेटवार्ता पछि उनीसहितको प्रतिनिधि मण्डलसमक्ष नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाका बारेमा छोटो श्रव्य–दृश्य सामग्री प्रस्तुत गरिएको थियो ।

तत्पश्चात चिनियाँ प्रतिनिधिमण्डल र नेपाली सेनाबीच आपसी हितका विषयहरुमा छलफल भएको थियो जसमा मुख्यतः कोभिड–१९ महामारीका कारण प्रभावित भएका तालिम तथा शिक्षार्थी आदानप्रदानका कार्यहरुलाई सूचारु गर्ने तथा विगतमा सहमति भएका सैनिक सहायता प्राप्ति सम्बन्धी प्रगतिको बारेमा छलफल भएको सेनाले जनाएको छ । छलफलको दौरान परराष्ट्र मन्त्रालयका प्रतिनिधि समेतको उपस्थिति रहेको थियो ।

रक्षामन्त्री वेई र उनको प्रतिनिधिमण्डलले दुवै विषयहरुलाई सकारात्मक रुपमा लिइ उच्चस्तरीय भ्रमण लगायतका द्धिपक्षीय सहयोगका कार्यहरु यथाशिघ्र सुचारु गर्ने बारेमा आश्वासन दिएका थिए । त्यसै अवसरमा वेईले नेपाली सेनाको कोभिड–१९ महामारी विरुद्धको प्रतिकार्यको सहयोगका लागि समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनी जङ्गी अड्डामा आयोजित विभिन्न कार्यक्रमहरुमा सहभागी भएका छन् । रक्षामन्त्री वेईको सम्मानमा आयोजना गरिएको सम्मान गारत ग्रहण तथा निरिक्षण गरेका थिए ।

यस भ्रमणले दुई देशका सेनाबीच रहँदै आएको सौहार्दपूर्ण सम्बन्धलाई सुमधुर, मजबुत एवं विस्तार गर्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।