२८ नम्बर बाहिनी स्तरीय ‘एकीकरण मार्ग कार्यक्रम सम्बन्धि सेमिनार’ संचालन


काठमाण्डु – नेपाली सेनाले एकीकरण मार्ग कार्यक्रम सम्बन्धि सेमिनार–२०७७ संचालन गरेको छ ।

सोमबार एकीकरण मार्ग कार्यक्रम अन्तर्गत नेपाल एकीकरणको दौरानमा प्रयोग भएका पदमार्गहरु, बिभिन्न गढि तथा किल्लाहरुको पहिचान तथा मर्मत संभार गर्दै आएको सन्दर्भमा ऐतिहासिक तथा पुरातात्विक महत्वका धरोहरहरुको संरक्षण, सम्वर्धन र प्रबर्धन गर्ने उदेश्य अनुरुप नं. २८ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी जोन्सन खड्काको प्रमुख आतिथ्यतामा मंसिर १४ गते नं. २८ बाहिनी स्तरीय ‘एकीकरण मार्ग कार्यक्रम सेमिनार २०७७’ संचालन भएको हो ।

कार्यक्रमको दौरान एकीकरण मार्ग कार्यक्रमको अवधारणा, सेमिनारको मोडालिटी सम्बन्धि जानकारी एवं वृत्तचित्र प्रदर्शन र एकीकरण मार्ग कार्यक्रम अन्तरगत देशैभरी हालसम्म संचालित गतिविधिहरूबारे जानकारी गराइएको थियो ।

उक्त सेमिनारमा पर्सागढी, बारागढी र सिम्रौनगढको ऐतिहासिक सम्पदा संरक्षण, विकास योजना, ऐतिहासिक महत्व तथा नेपाल एकीकरणमा लडैया समनपुर युद्दस्थलको महत्व तथा बारा जिल्लामा निर्माणाधिन एकीकरण स्मृति उद्यान बारे प्रस्तुतिकरण भएको थियो ।

बारा, पर्सा र रौतहट जिल्लाका स्थानिय पदाधिकारी एवं प्रतिनिधीहरु, तीनवटै जिल्लाका स्थानीय बुद्धिजीबी तथा पत्रकारहरु लगायत नं. २८ बाहिनी अड्डा अन्तरगत बारा, पर्सा र रौतहट जिल्लामा तैनाथ गणका गणपति एवं अधिकृतहरु सम्मिलित सो कार्यक्रमले ऐतिहासिक तथा पुरातात्विक महत्वका धरोहरहरुको संरक्षण, सम्वर्धन र प्रबर्धनमा उल्लेखनिय योगदान पुग्ने बिश्वास नेपाली सेनाले लिएको जानकारी गराइन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement