नेपाल सेनाद्वारा प्रकृति संरक्षण सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन

नेपाल सेनाद्वारा प्रकृति संरक्षण सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बर्दियामा नेपाली सेनाले प्रकृति संरक्षण सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

बर्दियाको मधुवन नगरपालिका १, सूर्यपटुवास्थित श्री त्रिभुवन माध्यमिक विद्यालयमा ६१ जना विद्यार्थीहरुलाई सहभागी गराई बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ श्री शिवदल गणले वातावरण तथा पर्यावरण संरक्षण सम्बन्धी विविध विषयहरुमा प्रकृति संरक्षण सम्बन्धी सचेतना कार्यक्रम संचालन गरेको हो ।

यस प्रकारका कार्यक्रमहरुले निकुञ्ज र स्थानीयवासीबीच समझदारी बढ्न गई चोरी शिकारी नियन्त्रणमा थप बल पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।