काठमाण्डु – सन् २०११ मा सुडानबाट स्वतन्त्र भएको विश्वको सबैभन्दा कान्छो मुलुक दक्षिण सुडानमा जातीय द्वन्द्व जारी रहेको छ । लामो समयदेखिको आन्तरिक द्बन्द्बको कारण दक्षिण सुडानमा करिब ४,००,००० बढिले ज्यान गुमाई सकेका छन् भने लाखौ विस्थापित भएका छन् ।
राष्ट्रपति साल्भा कीरले विपक्षि पार्टीका नेता हाल उपराष्ट्रपति रिक माचारका साथ संयुक्त सरकारगठन गरेपश्चात् पनि उनीहरु बिच अविश्वास कायमै रहेको कारण अझै अस्थिरता रहिरहेको हुंदा असन्तुष्ट विद्रोही समुहहरु र राष्ट्रिय सेना बिचको द्वन्द्व निरन्तर नै रहि रहेको छ ।
उक्त देशको स्थापना कालदेखि नै युनाइटेड नेसन मिसन इन साउथ सुडान (अनमिस) मिशनको तैनाथी रहेको र प्रोटेक्सन अफ सिभिलियन अर्थात नागरिकहरुको संरक्षण गर्नु उक्त मिशनको मुख्य म्यान्डेट रहेको छ ।संयुक्त राष्ट्र संघको जटिल मिशन मध्ये एक (अनमिस) मिशनमा हाल ७३ वटा देशहरुका करिब २०,००० शान्ति सैनिक कार्यरतरहेका छन् ।
नेपाली सेनाले संयुक्त राष्ट्रसंघको आह्वानमा उक्त द्वन्द्वग्रस्त अफ्रिकी राष्ट्र दक्षिण सुडानमासन् २०११ मा फोर्स रिजर्भ बटालियनको रुपमा पहिलो पटक सहभागिता जनाएकोमा हाल सर्ज बटालियन १ र हाइ रेडिनेस कम्पनी एक थप तैनाथ भएका छन्। दक्षिण सुडानमा नेपाली शान्ति सैनिकले निर्वाह गरेको सराहनीय भुमिकाको कारणमिशनमा सहभागीता बृद्धि भएको तथा यसले अन्तर्राष्ट्रिय स्तरमा शान्ति मिशनमा नेपाली सेनाको विश्वसनियता बढेको छ ।
पछिल्लो समयमा नेपाली शान्ति सैनिकले उक्त देशको दक्षिणी क्षेत्रमा रहेको लाइन्या ईलाकामा गरेको अपरेशनले स्थानिय बासिन्दाको विश्वास जित्न सफल भएको छ ।
गत पुस महिनामा उक्त ईलाकामा विद्रोही संगठन नेसन साल्भेसन फ्रन्ट र स्थानीय बासिन्दाबीच झडप भई १३ जनाको मृत्य भएपश्चात्अचानक अस्थिर भएको सुरक्षा अवस्थामा थप हिंसा भड्कन नदिन तथा स्थानीयलाई सुरक्षाको प्रत्याभुति दिलाउननेपाली शान्ति सैनिक तत्काल परिचालित भइ टेम्पाोररी अपरेटिङ बेस स्थापना गरेको रस्थानिय प्रशासनको समन्वयमा विभिन्न अपरेशनलकार्यहरु संचालन गरेर लाइन्या लगायत लौरोब्यांग तथा लोका र्इलाकाहरुको सुरक्षा स्थितिनियन्त्रणमा ल्याउन सफल भएको थियो ।
शुरुमा करिब ५०० जना विस्थापित स्थानिय जनताहरु नेपाली शान्ति सैनिकको टेम्पाोररी अपरेटिङ बेस नजिकै सुरक्षाको लागी आश्रय लिन आएकामा नेपाली सेनाकोसफल सुरक्षात्मक कार्वाहीहरुका कारणसुरक्षा स्थिति सामान्य हुँदै गएपछि स्थानीय जनताहरु आ-आफ्नो घर फर्केका थिए ।
त्यसैगरी दुई महिना अघि दक्षिण सुडानको लेक्स स्टेटको कुइबेत ईलाकामा अन्तर जातिय द्वन्द्वको प्रवल सम्भावना देखिएको थियो । स्थानीय दुई जातिबीचमा हुन लागेकोहिंसालाई नेपाली सेनाले समयमै हस्तक्षेप गरेरस्थानीय जनताहरुको रक्षा तथा दुई पक्षबीच वार्ता गराएर समस्यालाई सामान्यीकरण गरेको थियो । उक्त सफलताको दक्षिण सुडान सरकार र संयुक्त राष्ट्र संघले नेपाली सेनाको प्रशंसा गरेकाथिए ।
दक्षिण सुडानको राजधानी जुबा तैनाथ श्री गोरखबहादुर गण(शा से ७ औं डफ्फा)का गणपतिप्रमुख सेनानी सुशील प्याकुरेलका अनुसार मुख्यतया सुख्खा मौसममा गाईवस्तुहरुको बसाई सराईको कारण भड्किन सक्ने हिंसाहरुको स्थान पहिचान गरी उक्त स्थानमा नेपाली शान्ति सेनाले टेम्पाोररी अपरेटिङ बेस स्थापना गरी अपरेशनल कार्यहरु संचालन गर्ने गरेकोलेस्थानीय समुदायमा नेपाली सेना प्रति विश्वास बढ्दै गएको जानकारी दिएकाछन् ।
हाल ५२ जना महिला शान्ति सैनिकहरु उक्त मिशनमा कार्यरत रहेका छन् । प्रत्येक शान्ति सेनामा सहभागी भएका युनिटहरुमारहने फिमेल इन्गेजमेन्ट टिमले समुदायमा गएर विभिन्न लैंगिक संवेदनशिलतासम्बन्धी कार्यक्रम संचालन गर्नुका साथै महिला तथा ख्गलिभचबदभिसमुदायको लागि सुरक्षित वातावरण बनाउनमा मद्दत गर्दछ ।
साथै सन् २०१५ मा युएनािसनको इतिहास मै पहिलो पटक नेपाली महिला शान्ति सैनिकहरु उक्त मिशनमा संचालन भएको “बार्ज अपरेशन” मा सहभागी कुल ४० जना शान्ति सैनिकहरु मध्ये ११ जना महिला शान्ति सैनिकहरुसहभागी भई प्रशंसनीय कार्य गरेका थिए । अत्यन्त जोखिम वातावरणमा उक्त बार्ज कन्भोएले दक्षिण सुडानको राजधानी जुबाबाट १७०० कि।मि। टाढा मलाकाल र मेलुट भन्ने स्थानमा ग्ल्ःक्ष्क्क् मिशनको राशन, इन्धन तथा मानवीय सहायताका सामाग्रीहरु ढुवानी गरेको थियो ।
युएनमिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरुको यस प्रकारको सक्रिय र सशक्त कार्वाहिहरुले दक्षिण सुडानको शान्ति स्थापनार्थ कार्यमा विशेष योगदान पुर्याउदै आइरहेको र यसै सन्दर्भमानेपाली शान्ति सैनिकहरुले आफ्नो कर्तव्य तथा जिम्मेवारीलाइए उच्चस्तरको व्यवसायिकता, समर्पण र प्रतिबद्धताका साथ दक्षिण सुडानमा कार्य गर्दै आइरहेका छन् भन्दै युएनमिसनका फोर्स कमाण्डर लेफ्टिनेंट जनरल शैलेशतीनाइकरले मुक्त कण्ठले प्रशंसा गरेका छन् ।





प्रतिक्रिया