त्रिभुवन आर्मी क्लबका खेलाडी विभिन्न विधाका प्रतियोगिताहरुमा बिजयी


काठमाण्डु – विभिन्न संघ/संस्थाहरुको आयोजनामा हालसालै संचालन भएका राष्ट्रिय प्रतियोगिताहरुमा त्रिभुवन आर्मी क्लबका खेलाडीहरु तपशिल बमोजिमको नतिजा हासिल गर्न सफल भएका छन् ।

राष्ट्रिय महिला लिग फूटवल प्रतियोगिता २०७७ अखिल नेपाल फुटबल संघको आयोजनामा मिति माघ ७ गतेदेखी फागुन ७ गतेसम्म संचालन भएको राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता २०७७ मा नेपाली सेना त्रिभुवन आर्मी फुटवल क्लबको महिला फुटबल टिम सहभागी भई द्बितिय स्थान हासिल गर्दै नगद पुरस्कार आठ लाख रुपैयाँ प्राप्त गर्नुका साथै बिमला चौधरी बेष्ट प्लेयर घोषित भई नगद पचास हजार रुपैयाँ प्राप्त गर्न सफल भएका छन् ।

त्यस्तै बि.पि.कोईराला तेस्रो राष्ट्रिय कुस्ति प्रतियोगितामा सृष्टी समाज, ईनरुवा र कोशी गाउँपालिकाको संयुक्त आयोजनामा मिति २०७७ फागुन २ र ३ गते सुनसरीमा संचालन भएको तेस्रो बि.पि. कोईराला स्मृती राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगितामा निम्न अनुसारको नतिजा ल्याउन सफल भएको ।

पुरुष तर्फ ८६ के।जी तर्फ बिरेन्द्र सिंह साउद दोस्रो स्थान र कृष्ण यादव (७० के.जी) मा तेस्रो स्थानमा रहेका छन् । महिला तर्फ शुशिला चन्द (६५ के.जी) मा प्रथम र सिवाङगी दुवे (५५ के.जी) मा प्रथम स्थान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement