काठमाण्डु- विभिन्न स्थानमा भएको भारी हिमपातको कारण फसेका २०० भन्दा बढी बिदेशी पर्यटक सहित करिब १५०० जनालाई नेपाली सेनाले सकुशल उद्दार गरेको छ ।
सेनाको नयाँ भैरवीदल गुल्मले मनाङ्ग जिल्लाको विभिन्न इलाकाहरुमा भएको भारी हिमपातको कारण फसेका २०० भन्दा बढी बिदेशी पर्यटकसहित करिब १५०० जनालाई उद्धार गरेको छ ।
उद्दार गरिएका सबैलाई स्थानीय जनप्रतिनिधिहरुको सहकार्यमा सुरक्षित स्थानसम्म सेनाले पुर्याएको छ ।
सोलुखम्बु भ्रमणको क्रममा अस्वस्थ भई अचेत भएका डेनमार्कका नागरिकलाई भगवती प्रसाद गुल्मबाट खटिएको टोलीले नाम्चे बजारस्थित सामुदायिक अस्पतालबाट गुल्मको हेलिप्याडसम्म पुर्याई थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाण्डु पठाउन सेनाले सहयोग गरेको छ ।
यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत सञ्चालित हवाई उद्धार कार्यक्रम अन्तर्गत कालिकोट र रूकुम (पश्चिम) बाट जटिल प्रसुति समस्या भएका महिलाहरुको उपचारको लागि नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी सुर्खेत पुर्याइएको छ ।










प्रतिक्रिया