सैनिक भवनको टेण्डर पाएको कम्पनीले सम्झौता गरेन, अब के गर्छ सेनाले?

सैनिक भवनको टेण्डर पाएको कम्पनीले सम्झौता गरेन, अब के गर्छ सेनाले?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सेनाले काठमाडौंको महांकालमा रहेको त्रिचन्द्र मिलिटरी हस्पिटलमा बनाइएको अत्याधुनिक भवनको टेण्डर स्वीकृत गरेपनि कम्पनी सम्झौता गर्न नआएको खुलेको छ।

सेनाले एभरेष्ट ट्रेडर्स नामक कम्पनीलाई पत्राचार गरेको एक महिना बित्दा पनि सम्झौता गर्न नआएको नेपाली सेनाले जनाएको हो। कम्पनीलाई एक साताको म्याद थप गरी सम्झौता गर्न पत्राचार गरेको थियो। तर, कम्पनी सो अवधिमा पनि नआएपछि

दोस्रो तथा तेस्रो नम्बरको कम्पनीलाई पत्राचार गर्ने सेनाको तयारी छ। एभरेष्टले वार्षिक ४ करोड १३ लाख रुपैयाँ दिने प्रस्ताव गरेको थियो।

त्यस्तै दोस्रो कम्पनीले ३ लाख ७५ हजार तथा तेस्रो कम्पनीले ३ लाख २२ हजारको प्रस्ताव गरेको छ।

 

यस्ताे छ नेपाली सेनाकाे विज्ञप्ति

त्रि—चन्द्र मिलिटरी अस्पताल परिसरमा निर्माणाधिन भवन ठेक्का सम्बन्धमा

सैनिक सैनिक ऐन २०६३ को दफा २ को (द) र दफा ३१ को (ङ) तथा सैनिक कल्याणकारी कोष नियमावली २०६५ मा उल्लेख भए अनुसार कल्याणकारी कार्यहरुको निरन्तरताको लागि आय आर्जनको श्रोत विविधिकरण गर्न सक्ने व्यवस्था अनुरुप त्रि—चन्द्र मिलिटरी अस्पताल परिसर भित्र अस्पतालले चर्चेको ऐतिहासिक भवन बाहेकको आधुनिक भवन आयमूलक कार्यमा उपयोग गर्न खुल्ला प्रतिस्पर्धाको माध्यमबाट रित पूर्वक टेन्डर आब्हान गरी सम्पूर्ण कानुनी प्रकृया अनुसार श्री चन्द्र श्रेष्ठको नाममा रहेको एभरेष्ट ट्रेडर्सको टेण्डर प्रभावग्राही पाईएको ।

उक्त ट्रेडर्सलाई एक महिनाको समयावधी तोकी सम्झौताको लागि पत्राचार गरिएकोमा सम्बन्धीत ब्यक्ति सम्झौताको लागि नआएको र नियम वमोजिम पुनः सात दिन म्याद थप गरी पत्राचार गर्दा समेत सम्झौताको लागि मान्य अवस्था सहित नआएको हुँदा विधि र प्रकृया पुरा गरी कानुन बमोजिमका बिकल्पहरु अपनाउने प्रकृयामा रहेको छ ।